ओभरडोज औषधिको सेवनबाट अमेरिकामा एक वर्षमा १ लाख जनाको मृत्यु

बिहीबार, मंसिर २, २०७८

न्युयोर्क, २ मंसिर । अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८ दशमलब ५ प्रतिशतले बढी हो ।  ‘हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं,’ राष्ट्रपति जो बाइडेनले भने ।  कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् ।  एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार