लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

मंगलबार, कात्तिक ३०, २०७८

त्रिपोली, ३० कात्तिक । लिबियाको पूर्वीस्थित सेनाका कमाण्डर खलिफा हफ्तारले आफू राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । “आज हाम्रो देश दुईवटा बाटो अगाडि उभिएको छ : स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो । तर भविष्यको बाटो लिबियालीहरूले मात्र रोज्नुपर्छ, “हफ्तारले स्थानीय टेलिभिजनमा बताएका छन् ।” म दाजुभाइ र मित्र राष्ट्रहरूले प्रस्तुत गरेका पहलहरूलाई सलाम गर्दछु । जसले लोकतान्त्रिक विकल्पहरूतर्फ जान मद्दत गरेको छ । राष्ट्रपति र संसदीय निर्वाचनलाई सङ्कटबाट बाहिर निकाल्न एकमात्र उपायको रूपमा आग्रह गर्दछु,” हफ्तारले भने । “म राष्ट्रपति पद शक्तिको खोजी वा पदको खोजीका लागि होइन जनतालाई गौरव, उन्नति र समृद्धितर्फ लैजानका लागि उम्मेदवारी दिने घोषणा गरेको छु”, उनले भने । लिबियामा स्थायित्व प्राप्त गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घ प्रायोजित ‘लिबिया राजनीतिक संवाद फोरम’ले अपनाएको रोडम्यापको एक भागको रूपमा लिबियामा यसवर्ष डिसेम्बर २४ मा आम चुनाव हुने अपेक्षा गरिएको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार