पुटिन र म्याक्रोन बीच आप्रवासी सङ्कटबारे टेलिफोन वार्ता

मंगलबार, कात्तिक ३०, २०७८

मस्को, ३० कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन् ।
क्रेमलिनको एक विज्ञप्तिअनुसार, पुटिनले “पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरणार्थीहरूलाई अत्यन्तै कठोर व्यवहार” गरेको टिप्पणी गर्दै म्याक्रोनलाई बेलारूसी राष्ट्रपति अलेक्जेन्डरसँगको हालैको सम्पर्कको बारेमा जानकारी दिए । पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । नेताहरूले पूर्वी युक्रेनको डोनबासमा जारी द्वन्द्वको समाधानमा प्रगति नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
पुटिनले कालो सागरमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले गरेको ठूलो अभ्यासको ‘उत्तेजक व्यवहार’ लाई औँल्याएका छन् । जसले रूस र उत्तर एट्लान्टिक सन्धि सङ्गठनबीच तनाव बढाएको छ ।
रुस–फ्रान्स सम्बन्धका लागि, पुटिन र म्याक्रोनले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीहरूको नियमित बैठकको प्रशंसा गरेका छन् ।  साथै उनीहरूले सैन्य–राजनीतिक मुद्दाहरूमा द्विपक्षीय वार्ता जारी राख्ने जनाएका छन् ।–रासस÷सिन्ह्वा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार