सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन, ३० कात्तिक । म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सूकीले अनियमितता गरेको सैनिक सरकारको दाबी रहेको छ । म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेतालाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ । सैनिकले नेतालाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइतेसमेत भएका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले सूकीमाथि निर्वाचनको विषयसमेतलाई लिएर मुद्दा दर्ता गरेको हो । म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गर्नु भएकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्दा पनि लगाइएको छ । उनलाई लगाएको मुद्दाका बारेमा पर्याप्त विवरणहरु भने सार्वजनिक गरिएको छैन । सूकीसँगै अन्य १५ जना उच्च अधिकारीलाई पनि यस्तै मुद्दा लगाइएको छ । मुद्दाको सामना गरिरहेकामा पूर्वराष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्वअध्यक्षलगायत रहेका छन् ।–रासस/एएफपी