सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क, ३० कात्तिक । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दीर्घकालिन असर परेको उल्लेख छ । सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनुपरेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीले जनाएका छन् । अभिभावक गुमाएका बालबालिकामध्ये धेरै बालबालिका अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीले जनाएका छन् ।– भारतमा घट्दो कोरोना संक्रमणको दर पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ८६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो संख्या २८७ दिनपछिको सबभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन् । ती अधिकारीका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ३० हजार ७९३ रहेका छन् । कुल सङ्क्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय सङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२५ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । भारतमा कूल कोरोना सङ्क्रमितको ९८.२७ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् । यसैसँगै भारतमा कोरोना भाइरस शुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको सङ्ख्या तीन करोड ३८ लाख ५० हजारभन्दा बढी रहेको छ । भारतमा कोरोना शुरु भएदेखि हालसमम ६२ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसको परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयबाट हालसम्म एक अर्व १२ करोड ९७ लाखभन्दा बढी डोज खोप लगाइएको छ । भारतमा कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४४ लाख ५५ हजारभन्दा पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ ।–रासस/एएनआई