आतङ्ककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

मंगलबार, कात्तिक ३०, २०७८

ओगादगु,  ३० कात्तिक । बुर्किनाफासोमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतङ्ककारीले सैनिकमाथि हमला गरेका थिए । आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा आतङ्ककारीले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् ।

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या

वेस्ट बैंकमा इजरायली सेनासँगको मङ्गलबारल भएको भीडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो । उत्तरी सहर टुबासको सडकमा भएको झडपपछि फोक्सोमा गोली लागेको बानीलाई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।–रासस/एएफपी

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार