सोसल मिडिया
Contact Us
युनिकोड
मनिला, ३० कात्तिक । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरू उनले सोमबार पेस गरेका हुन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहनु भएका डुटेर्टेले आफ्ना वकिलहरू मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम दिन उनले उम्मेदवारी दर्ता गराएका हुन् । अहिले ७६ वर्ष पुगेएका डुटेर्टेले पीडीडीएस पार्टीको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति डुटेर्टेले अघिल्लो हप्ता सक्रिय राजनीतिबाट आफूले बिदा लिन लागेको सार्वजनिक घोषणा गरेका थिए । उनले आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिएर प्रतिस्पर्धा नगर्ने दाबीसमेत गरेका थिए । उनी यसअघि सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका थिए । त्यो कार्यकाल आगामी सन् २०२२ को जुन ३० मा सकिँदैछ । फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई फिलिपिन्सको राष्ट्रपतिमा ६ वर्षे एक कार्यकाल मात्रै जिम्मेदवारी लिन पाउने व्यवस्था गरेको छ । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा आगामी सन् २०२२ को मे ९ तारिखमा निर्वाचन हुन लागेको छ ।– रासस/सिन्ह्वा