संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषद्वारा अफगानिस्तानमा दुई क्षेत्रीय कार्यालय स्थापना 

मंगलबार, कात्तिक ३०, २०७८

काबुल, कात्तिक ३० ।  संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषले अफगानिस्तानमा मानवीय सहायता बढाउन दुई उपक्षेत्रीय कार्यालय स्थापना गरेको छ ।  कोषले नयाँ कार्यालय दक्षिणी कान्दाहार र पूर्वी नान्गाहार प्रान्तमा खोलिएको जानकारी दिएको छ । त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि आफ्नो कार्य विस्तार गरिरहेको कोषले बताएको छ ।

अफगानिस्तानको राजधानीमा भएको विष्फोटमा दुई सर्वसाधारण घाइते
अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट–ए–साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले सिन्ह्वालाई बताएका छन् ।
“विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो,“ उनले भने । उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन। आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको विरूद्ध इस्लामिक स्टेट (आईएस) सँग आवद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमला भोगिरहेको छ । शनिबार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विष्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चारजना घाइते भएका थिए ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार