सोसल मिडिया
Contact Us
युनिकोड
बामाको, मालीे, कात्तिक ३० । दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ ।सशस्त्र आतङ्कारीको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षाचौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छजना मारिएका छन् । घाइते सैनिकमध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ ।– एएनआई/स्पुतनिक