डुङ्गा दुर्घटनामा आठ आप्रवासीको निधन

मंगलबार, कात्तिक ३०, २०७८

म्याड्रिड, ३० कात्तिक । ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुङ्गाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो ।
डुङ्गा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् । यस स्थानबाट आप्रवासीले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।

बेलारुसले शरणार्थी प्रवाहलाई कम गर्ने उपाय खोज्ने
बेलारुसका विदेश मामिलामन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली सङ्घ (ईयू) लाई बताएमन छन् । 
विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँगको टेलिफोन वार्तामा उनले यस्तो टिप्पणी गरेका हुन् । सो अवसरमा दुबै पक्षले चाँडै नै आप्रवासन सङ्कट अन्त्य गर्ने आफ्नो मनसाय पुष्टि गरेको स्रोतले जानकारी दिएको छ ।  
इयुले ले मिन्स्कलाई मध्यपूर्वका गन्तव्यसँग जोड्ने सञ्जालमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । आप्रवासी मिन्स्क हुँदै पोल्याण्डको ईयूको पूर्वी सीमानामा आएका थिए । शरणार्थीको ठूलो समूह सीमामा शरणको खोजीमा फसेपछि पोल्याण्डले केही दिन देखि पोलिश–बेलारुसी सीमामा सेनालाई उच्च सतर्कतामा राखेको छ । बेलारुस पश्चिमी दबाब र प्रतिबन्धलाई सबैभन्दा कडा उपायका साथ प्रतिक्रिया दिन तयार रहेको मेकीले शुक्रबार रूसी पत्रकारलाई बताएका छन् । 
इर्युले वर्तमान शरणार्थी सङ्कटका लागि बेलारुसलाई दोष दिँदै यस विरुद्ध प्रतिबन्धका लगाएको छ ।   यद्यपि बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले प्रतिबन्धले देशको सङ्कट समाधान गर्ने क्षमतालाई कमजोर बनाएको टिप्पणी गरेका थिए ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार