सोमालियामा खाद्य संङ्कट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने

मंगलबार, कात्तिक ३०, २०७८

मोगादिसु, ३० कात्तिक । सोमालियामा खडेरीका कारण खाद्य सङ्कट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे जानकारी दिएको छ । मानवीयतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा यहाँको खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ । 
समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ । साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।
खडेरीका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य सङ्कट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ । सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य सङ्कट पर्न गएको घोषणा गरिएको थियो ।
सोही कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने यहाँको अवस्था गम्भीर हुने पनि बताएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार