दाहाल– नेपाल समूहबाट आधिकारिकताको दाबी पेश

मंगलबार, माघ २०, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग पुगेर आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गरेका हुन् । दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार