हवाई आक्रमण परी १८६ हुथी विद्रोही मारिए

आइतबार, कात्तिक २८, २०७८

रियाद, २८ कात्तिक । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ ।  एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीले बताएका छन् । 
साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिकरुपमा गरेका हवाई आक्रमणमा उच्च सङ्ख्यामा विद्रोही मारिँदै आएका सरकारी स्रोतले जानकारी दिएको छ । 
केही समययताबाट दैनिकरुपमा साउदी नेतृत्वको गठबन्धनले शुरु गरेको हवाइ आक्रमणमा तीन हजारभन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । तर इरान समर्थित हुथीले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका छ । यद्यपी एएफपीले गठबन्धनको विद्रोही मृतकको तथ्याङ्कलाई स्वतन्त्ररूपमा प्रमाणित गर्न सकेको छैन् । गत शुक्रबार विद्रोहीले होडेडाको दक्षिणमा रहेको एउटा ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाइ आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार