चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

आइतबार, कात्तिक २८, २०७८

बेइजिङ, २८ कात्तिक । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो ।  
उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।  यो फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको द्विपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तरराष्ट्रिय मुद्दाका विषयमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । सोही उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार