फिलिपिन्समा राष्ट्रपति रोड्रिगोकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने 

शनिबार, कात्तिक २७, २०७८

मनिला, २७ कात्तिक । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।   साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।  देशको प्रभावशाली पार्टी लकास सिएमडी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराउनु भएको आयोगका अधिकारीले जानकारी दिएका छन् ।  “सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्र आफ्ना प्रतिनिधिमार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अव उहाँले उपराष्ट्रपतिमा प्रतिस्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भने । उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ । उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन् ।  आफूले जनताले चाहेअनुसार काम गर्ने गरेकाले मतदाताले आफुलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरेकी छन् ।-रासस/एएफपी 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार