चिनियाँ राष्टपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता हुँदै

शनिबार, कात्तिक २७, २०७८

बेइजिङ, २७ कात्तिक ।  चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेकाे प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार