सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा विघट्नविरुद्ध सोमबार गरेको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् । कांग्रेसका १३ वटा भ्रातृ संघले संसद् विघटनको कदमविरुद्ध सोमबार ७७ वटै जिल्लामा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका थिए । सभापति देउवाले सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका हुन् । उनले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संस्था र पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यका साथै सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन् ।