डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

शुक्रबार, कात्तिक २६, २०७८

किन्शासा, २६ कात्तिक । डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।   घटनास्थलबाट ५७ जनालाई जीवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।
दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार