सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद (पाकिस्तान), २५ कात्तिक । अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ । पाकिस्तानको सहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसैगरी उक्त सूचीमा कराँची पाँचौंँ स्थानमा रहेको छ । गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टीभीले जनाएको छ । यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।–रासस/एएनआई