अमेरिकी विषेशदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता

बिहीबार, कात्तिक २५, २०७८

काबुल, २५ कात्तिक । अफगानिस्तानका लागि अमेरिककाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शिर्ष नेतासमेत रहेका खानले अमेरिकी विषेश दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गरेका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उनले अमेरिकी विषेश दूतसँग छलफल गरेको जनाइएको छ । दुवै जना पाकिस्तानमा आयोजना गरिएको एक विषेश बैठक ‘ट्रोइका प्लस’ बैठकमा सहभागी हुन जाने क्रममा उहाँहरुबीच भेटवार्ता भएको अधिकारीले जनाएका छन् । तालिबान सरकारका प्रमुख नेता तथा विदेश मन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो । पाकिस्तानमा बिहीबार नै अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञको बैठक आयोजना गरिएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।  बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्ने कार्यक्रम रहेको छ ।  चार देशका प्रतिनिधिले अफगानिस्तानका अन्तरिम विदेश मन्त्री अमिर खान मोक्त्तावीसँग अन्तरक्रिया गर्ने भएका छन् ।   तालिवान विद्रोहीले गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि सरकारको तर्फबाट यो नै पहिलो विदेश भ्रमण हो ।  तालिवान सरकारप्रति सहयोगी र शंकापूर्ण व्यवहार गर्ने दुवै प्रकारका देशका प्रतिनिधि बैठकमा सहभागी भएका छन् ।
बैठकमा सहभागीमध्ये अमेरिकाले तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको छ भने चीन, रुस र पाकिस्तान तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हँुदै आएका छन् ।– रासस/एएनआई
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार