सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क, २५ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वानसमेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “हालको घटनाक्रमले रोहिंग्या शरणार्थीको स्वैच्छिक, सुरक्षित, सम्मानजनक र दिगो फिर्ताको लागि विशेष गम्भीर चुनौती खडा गरेको परिषद्ले चेतावनी दिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विद्रोही समूहका प्रवक्ताले यस झडपको जानकारी दिएका थिए । यस झडपको कारण युद्धविरामको तोडिएको छ । फेबु्रअरीमा सैन्य ‘कू’ पछि पनि म्यानमारको पश्चिम क्षेत्रमा शान्ति कायम राखेको थियो । दक्षिणपूर्वी एसियाली देश गत फेबु्रअरी भएको सैन्य कूपछि उच्चरुपमा अराजकत फैलिएको छ । सुरक्षा परिषद्का सदस्य ‘कोभिड–१९’ खोप न्यायसङ्गत, सुरक्षित वितरणको साथै आवश्यकता परेका सबै मानिसलाई सुरक्षित र निर्वाध मानवीय पहुँचको लागि पनि आह्वान गरेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप सबैका लागि पहुँच हुन पर्नेमा जोड दिएका छन् । सुनिश्चिताको लागि थप अन्तरराष्ट्रिय समर्थनका लागि आह्वान पनि गरिएको छ ।–रासस/एएफपी