इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

बिहीबार, कात्तिक २५, २०७८

जाकार्ता, २५ कात्तिक । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वीप्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्पसम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार विहिबार बिहान ८ ः४५ बजेतिर भूकम्प गएको हो ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार