जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत 

बिहीबार, कात्तिक २५, २०७८

संयुक्त राष्ट्रसङ्घ , २५ कात्तिक । संयुक्त राष्ट्रसङ्घले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ । चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए । उक्त सम्झौताको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु ।   हाल सो सम्मेलनको घोषणापत्र तयार भइरहेको छ । त्यसमा भएका सहमतिमा धनी देशलाई गरिब राष्ट्रका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ । उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्नेगरी तयार गरिएको बताइएको छ । खासमा ती सम्झौतामा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ । जलवायु परिवर्तनको असर धनी राष्ट्रका कारण उत्पन्न भएको भनिएको छ तर पनि गरिब राष्ट्रलाई धनी राष्ट्रले पर्याप्त योगदान नगरेका कारण यसको प्रभाव कम हुन नसकेको बताउने गरिएको छ ।–रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार