प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा 

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं, २५ कात्तिक । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ । बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे । प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे !
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार