भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट

द्विपक्षीय रक्षा सहयोग बढाउनेबारे छलफल
बुधबार, कात्तिक २४, २०७८

काठमाडौं, २४ कात्तिक : भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपीन रावतसँग भेट गरेका छन् ।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार