सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी, २४ कात्तिक । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशअन्तर्गत काम गर्ने सम्पूर्ण सुरक्षा निकायलाई अविलम्ब प्रदेश मातहतमा ल्याउने बताएका छन् । छठ पर्वको अवसरमा महोत्तरीको औरहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री साहले तत्काल प्रक्रिया अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल भैसकेको दाबी गरेका छन् ।. कार्यक्रममा उनले प्रदेश २ मा च्याउसरी उम्रेका मिडियाहरू कसरी सन्चालन भैइरहेका छन् भन्ने बिषयमा समेत अध्ययन भैइरहेको बताए । उन भने, `प्रदेश २ मा सैद्धान्तिक पत्रकारिताको विकाससँगै पत्रकारहरूको जीवनवृत्तिको लागि समेत धेरै योजना बनाइरहेका छौँ ।´ उनले अहिले गठन भएको प्रदेशस्तरीय मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बाेर्डलाई विघटन गरी एउटै बनाउने प्रक्रियामा प्रदेश सरकार जुटिसकेको जानकारी पनि दिए । मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डमा जागीर दिने थलो मात्र बनाएको बताउँदै कतिपय कर्मचारीहरूको नागरिकता समेत नक्कली भएको खुलासा गरे । ऐनको अप्ठ्यारोको कारण अहिलेसम्म थाहा हुँदाहुँदै पनि मुकदर्शक बन्नु परेको मन्त्री साहले बताए । मिडिया क्षेत्रमा रहेको अप्ठ्यारो र पत्रकारहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत लोककल्याणकारी विज्ञापन सवैलाई वितरण गर्नेतर्फ पनि मन्त्री साहले प्रतिबद्धता जनाए ।