सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय नहुँदा भत्ता राेकियाे 

बुधबार, कात्तिक २४, २०७८

मुगु, २४ कात्तिक । सोरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित भएकाे छ । तत्कालीन प्रमुख प्रशासकीय अधिककृत लालबहादुर मल्लकाे दुई महिनामै सरुवा भएपछि नयाँ प्रशासकीय नआएकाे गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार त्यसअघिका प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि जिम्मेवारीबाट हटाइएकाे थियाे । त्यसपछि लालबहादुर आएका थिए । तर उनकाे पनि सरुवा भएपछि समस्या भएकाे हाे । प्रशासकीय नहुँदा पहिलो चौमासिकमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेकाे छैन । पारित योजना, भुक्तानी पनि प्रभावित भएको शाहीले बताए । गाउँ कार्यपालिकाले नायव सुब्बा तीर्थराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयसँग माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेकाे छैन । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार