सोसल मिडिया
Contact Us
युनिकोड
नोम पेन्ह, २३ कात्तिक । कम्बोडियाले मङ्गलबार ६८औँ स्वतन्त्रता दिवस मनाएको छ । राजधानी नोम पेन्हको स्वतन्त्रता स्मारकमा एक घण्टा लामो समारोहसहित उक्त स्वतन्त्रता दिवस मनाएको छ । राजा नोरोडोम सिहामोनी र प्रधानमन्त्री सम्देच टेको हुनसेन सयुक्तरुपमा स्वतन्त्रता स्मारकमा माल्यार्पण गरी दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा विदेशी कूटनीतिज्ञ, सशस्त्र बल, निजामती कर्मचारी, नागरिक तथा विद्यार्थीसमेतको सहभागिता रहेको थियो । उनीहरु सबैले कोभिड–१९ बाट बच्न अनुहारको मास्क लगाएका र शारीरिक दुरी कायम राखेका समाचार उल्लेख गरिएको छ । हुन सेनले नोभेम्बर ९ फ्रान्सबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउँदै स्वर्गीय राजा नोरोडम सिहानुकले सुरु गरेको महान अभियानको सम्झना गरेका थिए । नोरोडोम सिहानुकलाई कम्बोडियामा स्वतन्त्रताका पिताको मानिन्छ । उत्सवको अन्त्यमा, स्वतन्त्रता र स्वतन्त्रताको प्रतीकको रूपमा परेवा र बेलुन छोडिएको थियो । दक्षिणपूर्वी एसियाली राष्ट्रले फ्रान्सेली औपनिवेशिक शासनको ९० वर्षपछि नोभेम्बर ९, १९५३ मा आफ्नो स्वतन्त्रता प्राप्त गरेको थियो ।– रासस/सिन्ह्वा