सोसल मिडिया
Contact Us
युनिकोड
चेन्नाइ, २३ कात्तिक । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो प्रदेशको प्रकोप व्यवस्थापन मन्त्री केकेएसएसआर रामचन्द्रनले वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । तामिलनाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६.८४ मिलिमिटर वर्षा परेको मौसम विभागले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा सैनिकसहित उद्धारकर्ताले उद्धारकार्य गरेको पनि मन्त्री रामचन्द्रनले जानकारी दिए । मौसम विभागले यही नोभेम्बर १० देखि १३ तारिखकोबीचमा पनि तामिलनाडुमा अर्को ठूलो वर्षा हुने चेतावनी दिएको छ ।– रासस/एएनआई