मलेसियाका प्रधानमन्त्री इन्डोनेसिया जाने

मंगलबार, कात्तिक २३, २०७८

क्वालालम्पुर, २३ कात्तिक । मलेसियाका प्रधानमन्त्री स्माइल साब्री याकोबले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । मलेसियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलवार र बुधबार उनले इन्डोनेसियाको भ्रमण गर्ने भएका हुन् । गत अगस्टमा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेपछि उनको यो पहिलो छिमेकी देशको भ्रमण हो । भ्रमणका क्रममा उनले इन्डोनेसियाका प्रधानमन्त्री जोको विडोडो भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले मन्त्रीपरिषद््का अन्य सदस्यलाई पनि भेट्ने कार्यक्रम छ । 
“उहाँको यस भ्रमणले नेतालाई सहकार्य र समझदारीका साथ अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   
कोरोनाभाइरसको महामारीले पारेको प्रभाव र त्यसका लागि एक आपसलाई गर्न सकिने सहयोगका बारेमा पनि उनीहरुबीचमा छलफल हुने मन्त्रालयले जनाएको छ । उनले मलेसियाका जनप्रतिनिधि, मलेसियाबाट इन्डोनेसियामा गएका आप्रवासी, उद्यमी व्यवसायीलगायतसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अधिकारीले जनाएका छन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार