भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध रुसको ऐक्यबद्धता

सोमबार, कात्तिक २२, २०७८

मस्को, २२ कात्तिक । ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने भेनेजुएला सरकारसँग मस्कोले ऐक्यबद्धता व्यक्त गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बाह्य दबाब र अवैध एकपक्षीय प्रतिबन्धको रुसद्वारा भेनेजुयलाको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेपको विरोध गर्दै राष्ट्रपति निकोलस मदुरोको पक्षमा ऐक्यबद्धतामा व्यक्त गरेका छन् । भेनेजुएलाका आफ्ना समकक्षी फेलिक्स प्लासेन्सियासँग भेटघाटमा मन्त्री सर्गेइले मस्कोले राष्ट्रिय संवादलाई बढावा दिन भेनेजुयलाको प्रयासलाई थप समर्थन गर्ने विश्वास दिलाएका छन् ।    
“हामी तपाईंको देशको थप विकासको मार्ग स्वतन्त्र रूपमा निर्धारण गर्ने तपाईंको इच्छालाई पूर्ण समर्थन गर्दछौँ र राज्यहरूको सार्वभौमसत्ताको सम्मान, संयुक्त राष्ट्रको केन्द्रीय भूमिकाको सम्मान र गैर–हस्तक्षेप जस्ता आधुनिक आधारभूत मान्यतामा प्रतिबद्ध छौँ“ मन्त्री सर्गेइले बताएका छन् ।  भेनेजुएला २०१९ को सुरुदेखि नै राजनीतिक सङ्कटमा फसेको छ । जब विपक्षी नियन्त्रित राष्ट्रियसभाका पूर्वप्रमुख जुआन गुएइदोले पुनः निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हटाउने प्रयासमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।
अमेरिकाको नेतृत्वमा रहेका अधिकांश पश्चिमी देशहरूले गुएइदोलाई समर्थन गरेर भेनेजुयलामा तेल र वित्तीय उद्योगहरूलाई लक्षित गर्दै जटिल प्रतिबन्धहरू लगाएका छन् ।  यद्यपि रुस, चीन, टर्कीलगायत अन्य थुप्रै राष्ट्रहरूले मादुरोलाई समर्थन गरेका छन् ।

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् ।  
सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै मिडियाले बताएका छन् । पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् ।  
बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ । मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग “रूसी–अमेरिकी सम्बन्धमा छलफल“ गर्न वार्ता गरेका थिए ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार