सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले दोस्रो पटक माइतीघर मण्डलामा धर्ना दिएको छ । यसअिघ उक्त समूहले दलको आधिकारिक विवादबारे निर्वाचन आयोगमा जानकारी दिन जानुअघि माइतीघरमा धर्ना दिएर बहादुर भवन गएको थियो । आइतबारको धर्नामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सहभागी थिए । माइतीघरको धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेताहरु पनि सहभागी छन् ।संसद् विघटन असंवैधानिक भएको भन्दै दाहाल–नेपाल समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी थिए । दाहाल–नेपाल समूहले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध देशव्यापी आन्दोलन पनि गरिरहेको छ । यो समूहले काठमाडौं, बुटलबल, विराटनगर तथा धनगढीमा विरोध प्रदर्शन गरिसकेको छ ।