सांगितिक महोत्सवमा भागदौड मच्चिदा ८ जनाको मृत्यु 

आइतबार, कात्तिक २१, २०७८

टेक्सास, २१ कात्तिक :अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागाभाग मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

भिड बढिरहेका बेला र्‍यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए । उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । 
महोत्सवमा करिव ५० हजारको सहभागिता थियो । 

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द भएको थियो ।  एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो ।-एजेन्सी

 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार