सोसल मिडिया
Contact Us
युनिकोड
टायसकेन्ट । उज्वेकिस्तानको राष्ट्रपतिमा पुनःनिर्वाचित भएका वर्तमान राष्ट्रपति शाभ्कात मिर्जीयोयेभले शनिबार दोस्रो कार्यकाल शुरु गरेका छन् । उनले शनिबार पदीय जिम्मेवारीको शपथ ग्रहण गर्दै दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका हुन् । देशको दुवै सदनको सामु उनले शपथ ग्रहण गर्नुभएको जनाइएको छ । निर्वाचनमा खसेको कुल मतमध्ये ८०.१२ प्रतिशत मत ल्याएर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उज्वेकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि गत आइतवार मतदान गराएको थियो । मतगणनाको अन्तिम परिणामा भने शुक्रबार मात्रै सार्वजनिक भएको हो । कोरोना भाइरसको महामारीका बीचमा पनि उज्वेकिस्तानमा निर्वाचन आयोगले निर्वाचन गराएको भन्दै प्रशंसा भएको छ । राष्ट्रपतिमा पुनःनिर्वाचित भएका मिर्जीयोयेभले उज्वेकिस्तान लिवरल डेमोक्रेटिक पार्टीकोतर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । उनले निर्वाचनका बेला धेरै औद्योगिक परियोजनाहरु शुरु गर्ने प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरेका थिए । त्यसलाई पुरा गर्नेगरी आजैदेखि लाग्ने प्रतिबद्धता उनले शपथ ग्रहण समारोहमा पनि पनि व्यक्त गरेका छन् । उनी यसअघि सन् २००३ देखि २०१६ सम्ममा उज्वेकिस्तानको प्रधानमन्त्री बनेका थिए थियो भने सन् २०१६ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।– रासस/एएनआई