चीनद्वारा अमेरिकी प्रतिवेदनको विरोध : रक्षा प्रवक्ता

शनिबार, कात्तिक २०, २०७८

बेइजिङ । चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै  विरोध गरेका छन् । रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनलेतथ्यलाई बेवास्ता गरेको छ र पूर्वाग्रहग्रस्त छ । उनका अनुसार प्रतिवेदनले तथाकथित चिनियाँ सैन्य खतरा बारे तथ्यहीन टिप्पणी गरेको छ रचीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ । त्यसैगरी ताइवान र अन्य मुद्दा समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ जुन विषयलाई चीनले गम्भीररूपमा  लिएको छ ।  वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताएका छन् । उनले भने, यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन ।
संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो, वुले थपे । 
वुले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अङ्ग भएको  पुनः दोहो¥याएका छन् । 
उनले ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले ताइवान स्वतन्त्रता खोज्ने विदेशी समर्थनका कारण भएको बताएका छन् ।  चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले बताएका छन् 

राष्ट्रपति सीले भेटे राष्ट्रिय नैतिक आदर्श नायकलाई 
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेतासँग भेट गरेका छन् । 
उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।  सो अवसरमा विजेतासँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गरेका थिए । 
वाङले नैतिक प्रगतिको प्रवद्र्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताएका थिए । सम्भाषणका क्रममा वाङले युवाको बौद्धिक र नैतिकस्तरलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् । उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए ।

ताइवान स्वतन्त्रता तथा पृथकतावादीलाई कानूनअनुसार सजाय हुने चेतावनी 
चिनियाँ सरकारका प्रवक्ताले ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडा चेतावनी दिएका छन् ।  प्रवक्ताले पृथकतावादी तत्व चीनको मुख्य भूमिको सूचीमा छन् र उनीहरूलाई कानुनबमोजिम सजाय दिइने चेतावनी  िदएका छन् ।  स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेँग्लियनले पृथकतावादी विरुद्ध दण्डात्मक उपायको बारेमा मिडिया प्रश्नको जवाफमा उक्त टिप्पणी गरेका हुन् । सूचीमा रहेका व्यक्ति, आफ्ना आफन्तसँगै, मुख्य भूमि र हङकङ र मकाउका दुई विशेष प्रशासनिक क्षेत्रमा प्रवेश गर्न पाउने छैननन् तिनीहरू आबद्ध संस्थालाई मुख्य भूमिमा रहेका संस्था र व्यक्तिसँग कुनै पनि सहकार्यसमेत प्रतिबन्ध लगाइने झुले बताएका छन् । 
उनका अनुसार त्यसता पृथकतावादीका प्रायोजक र सम्बन्धित उद्यमलाई अन्य आवश्यक सजायसहित मुख्य भूमिमा नाफा कमाउने गतिविधिमा सङ्लग्न हुनपनि प्रतिबन्ध लगाइनेछ । आफ्नो मातृभूमिलाई धोका दिने र देश टुक्राउन खोज्नेको नियत खराब हुन्छर जनताले इन्कार गर्न बाध्य हुन्छन् र इतिहाससमेतले तिनीलाई न्याय गर्नेछन्, झुले सु त्सेङःचाङ, यु सिया(लगायत पृथकतावादीलाई उल्लेख गर्दै टिप्पणी गरेका छन् ।  उनले चीनको सूचीमा परेका त्यस्ता वयक्तिलाई आजीवन जवाफदेही बनाइने र छानबिन गरिने समेत उल्लेख गरेका छन् ।-रासस/सिन्ह्वा 

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार