नर्समाथि आठ शिशुको हत्या अभियोग

बिहीबार, कात्तिक २७, २०७७

लण्डन । ब्रिटेनको चेस्टर अस्पतालकी एक नर्समाथि आठ जना शिशुको हत्या गरेको र अन्य १० शिशुको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ । ३० वर्षीया लुसी लेटबीलाई यसअघि पनि सन् २०१८ र सन् २०१९ मा छानबिनका लागि पक्राउ गरिएको थियो । उनीमाथि लगाइएका आरोपहरू २०१५ जुनदेखि २०१६ जुनसम्म अस्पतालमा भएका घटनाहरूसँग सम्बन्धित छन् । हेरफर्डकी लेटबीलाई वरिङ्गट म्याजिस्ट्रेट अदालतमा बिहीवार पेस गरिनेछ । सन् २०१७ मा सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, ‘द क्राउन प्रोसीक्यूसन सर्भिसले चेस्टर अस्पतालमा कैयौँ बच्चाहरूको मृत्युको बारेमा गरिएको अनुसन्धानका क्रममा स्वास्थ्य सेवामा कार्यरत अधिकारीलाई हत्यासम्बन्धी अभियोग लगाउन प्रहरीलाई अधिकार दिएको छ ।’
प्रहरीले मंगलबार घटनामा संलग्न सबै बच्चाका अभिभावकहरूलाई पछिल्लो घटनाबारे पूर्णरूपमा जानकारी गराइएको र उनीहरूलाई प्रहरी अधिकारीहरूले सहयोग गरिरहेको बताएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार