सोसल मिडिया
Contact Us
युनिकोड
मस्को ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गरेका छन् ।सन् २०२१–२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको हो । सो अवसरमा राष्ट्रपति पुटिनले “यी कागजातले समन्वितरूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्ने” बताएका थिए । त्यसैगरी उनले यस कार्यक्रमबाट ऋण र वित्तीय एवं बैंकिंग क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृतरूपमा तेलको व्यवस्थापन मिलाउँनका लागि नियमहरू तयार पार्न र ग्यास र बिजुली बजार एवं यातायात सेवाहरूको व्यवस्थापन गर्न सहज हुने बताएका छन् । “यी क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रूस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना गर्ने राष्ट्रपति पुटिनको भनाइ छ । त्यसैगरी लुकाशेन्कोले यसलाई “संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम“ भएको बताएका छन् ।–रासस/सिन्ह्वा