संयुक्त राष्ट्र प्रमुखद्वारा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

शुक्रबार, कात्तिक १९, २०७८

संयुक्त राष्ट्र सङघ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को राष्ट्रपति गार्डका सदस्यहरूले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उक्त घटनामा १० जना शान्ति सैनिक घाइते भएका छन् । गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकलाई श्रेय दिएर एक विज्ञप्ति मार्फत, संयुक्त राष्ट्र प्रमुखले “संयुक्त राष्ट्र शान्ति सैनिकहरूमाथिको आक्रमणलाई युद्ध अपराध हुनसक्ने तर्फ इङ्गीत गरेका छन् । 
उनले मध्य अफ्रिकी अधिकारीहरूलाई यस अस्वीकार्य आक्रमणका दोषीहरूलाई छानबिन गर्न र तुरुन्तै जवाफदेही बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गरेका समेत गरेका छन् । महासचिवले घाइते शान्ति सेना र नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै  मध्य अफ्रिकी गणतन्त्रमा शान्ति र स्थिरताको लागि इजिप्टका जनता र सरकारको योगदानका लाग कृतज्ञता व्यक्त गरेका छन् ।  महासचिव गुटेरेसले घटनामा मारिएका मध्य अफ्रिकी नागरिकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।  “महासचिवले मध्य अफ्रिकी गणतन्त्रलाई संयुक्त राष्ट्र संघको ऐक्यबद्धता र निरन्तरको समर्थनलाई पुनः पुष्टि गरेका छन् । राष्ट्रपति गार्डले सोमबार बान्गुईमा मिनुस्का भनेर चिनिने मिसनका शान्ति सैनिकहरूलाई गोली हानेका थिए। इजिप्टका प्रहरी अधिकारीहरू अघिल्लो दिन बान्गुईको विमानस्थलमा अवतरण गरेका थिए ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार