जोर्जियामा हातैले पुनः मतगणना गरिने

अमेरिका निर्वाचन
बिहीबार, कात्तिक २७, २०७७

वासिङ्टन । राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ । त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित बाइडनबीच करिब १४ हजार मतको अन्तर छ । निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो । हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालन गरेको टोलीले यसलाई महत्वपूर्ण ‘पहिलो कदम’ भनेको छ ।
रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरूलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’ को जित भएको बताएका छन् ।
अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन् । उनले आफूले त्यो ‘गहन’ मतगणना ( राज्यले तोकेको अन्तिम मिति (नोभेम्बर २० तारिख) सम्ममा सकिने आशा गरेको बताए ।
जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रीएल स्टेरलीङले ‘दोर्हो¥याएर मतदान गरेका’ वा ‘मतदानका लागि दर्ता नभएका’ पत्ता लाग्ने बताएका छन् । पुनः मतगणना गर्ने विषयमा प्रत्येक राज्यको आफ्नै नियम हुन्छ । तर सामान्य रूपमा भने भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ ।
केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्नका लागि निश्चित संख्यामा भोटहरू सधैँ हातबाटै गन्ने गरिन्छ ।
तर दोहो¥याएर गरिएका मत गणनाले खासै परिवर्तन भने ल्याएको पाइँदैन । महत्वपूर्ण विषय के पनि छ भने बाइडनले जोर्जिया राज्यमा हार बेहोरे पनि उनीसँग २७० भन्दा बढी इलेक्टोरल मत हुने छ ।
जोर्जियाले निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार नोभेम्बर २० तारिख भित्रै आफ्नो कार्य सक्काउनुपर्ने हुन्छ । यसअघि ट्रम्पको टोलीले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो ।
कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रीफ्लटले सन् २०१६ मा पनि विस्कन्सिनमा दोहो¥याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा फरक पारेको बताए ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा हार मानेका छैनन् । कानुनी लडाइँ लड्ने बताइरहेका छन् ।
मङ्गलबार एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ बताएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार