उपलब्धि रक्षा गर्न शहीदको शालिकअघि धर्ना

शनिबार, माघ १७, २०७७

काठमाडौ‌ । शहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार हुनथालेको ठहर गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएकोे छ । शहीद दिवसको अवसर पारेर प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको नेतृत्वमा संसद् विघटन असंवैधानिक र सहिदको सपना विपरीत भएको भन्दै एक घण्टा धर्ना दिइएको हो । शहीदको शालिकमा माल्यार्पण गर्नुहुँदै पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष जोशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि नै शहीदको बलिदानबाट प्राप्त उपलब्धिमाथि बारम्बार प्रहार भइरहेको बताए । धर्नामा सहभागीले शोभाभगवतीमा रहेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिकमा फुलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता र बुद्धिजीवीको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार