लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसङ्घ

मंगलबार, कात्तिक १६, २०७८

त्रिपोली । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानुनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ ।  संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीटअनुसार हिजो राति ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये चार जना महिला थिए ।
उनीहरू एक दिनअघि जुवाराबाट  त्यता प्रस्थान गरेका थिए । “यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झन्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको जनाइएको छ । लिबियाले २०११ देखि असुरक्षा र अराजकताको सामना गरिरहेको छ जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक आकर्षक केन्द्र बनाएको छ ।
यसैबीच संयुक्त राष्ट्र एजेन्सीले भर्खरै लिबियाका अधिकारीहरूलाई शरणार्थीहरूको अवस्थालाई सम्बोधन गर्न आह्वान गरेको छ ।– एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार