सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । जापानले एसियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरी १४.८ अरब अमेरिकी डलर पुग्ने गरी आगामी पाँच वर्षभित्र १० अरब अमेरिकी डलरसम्म पु¥याउने जनाएको छ । प्रधानमन्त्री फुमिओ किसिदाले मङ्गलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गरेका हुन् । किशिदाले भने, “गत जुनमा घोषणा गरिएको पाँच वर्षको दौरान निजी र सरकारी वित्त पोषणमार्फत प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा एसियामा ‘डि–कार्बोनाइजेशन प्रयासलाई सहयोग गर्न १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।” प्रधानमन्त्री किशिदाले भने, “ऊर्जाको मूल्य वृद्धिको प्रश्न उठिरहेका समय ‘हामी एसिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेका छौँ’।” “जापानले प्राकृतिक प्रकोप रोकथामजस्ता क्षेत्रहरूमा सम्भावनाहरूलाई कार्यान्वयनमा लान तेस्रो देशहरूका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरेर १४.८ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ,“ किसिदाले थपे । टोकियोले वन संरक्षण कार्यक्रमलाई सहयोग गर्न २४ करोड अमेरिकी डलरसम्मको लगानी गर्ने लक्ष्य पनि राखेको प्रधानमन्त्रीले बताए ।
सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न विश्वका ८० राष्ट्रको प्रतिबद्धता सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र युरोपीय सङ्घको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिबद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र युरोपीय सङ्घको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलबार बताए । “सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्यास काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।– रासस/एएफपी