काबुल आत्मघाती आक्रमणमा मारिनेको सङ्ख्या १९ पुग्यो, ५० भन्दा बढी घाइते  

मंगलबार, कात्तिक १६, २०७८

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पताल नजिकै मङ्गलबार गराइएको विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आक्रमणमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ । आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउण्ड गोली पनि चलाएको तालिबान स्रोतले बताएको छ ।
अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिए पछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिबान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनीतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।   “इटालियन मानवीय सङ्गठनको ट्वीटअनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको  उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।  एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो  भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।

बुर्किना फासोमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु
बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मङ्गलबार जनाएको छ ।

एआईबीले जनाएअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डम्बम मार्कोये कम्युनको  बासिन्दालाई  आक्रमणको निशाना बनाएका थिए । एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही सुरु गरेको बताइएको छ । डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइ–साइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गर्छन् ।– सिन्ह्वा
 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार