काबुलमा चोरी गर्ने गिरोह सार्वजनिक 

सोमबार, कात्तिक १५, २०७८

काबुल । अफगानिस्तानको तालिबान सरकारका गुप्तचर कर्मचारीहरूले देशको राजधानी काबुलमा दुई सशस्त्र चोरी समूहलाई सार्वजनिक गरेको गुप्तचर महानिर्देशनालयले सोमबार जनाएको छ । “गुप्तचर महानिर्देशनालयका कर्मचारीहरूले काबुलको प्रहरी जिल्ला ९, पक्तिया कोट क्षेत्रमा दुईवटा चोरी समूहलाई पक्राउ गरेका थिए। ती समूहहरू सशस्त्र डकैती र सवारी साधनहरू लुट्न संलग्न रहेको जनाइएको छ ।
विज्ञप्तिमा  जनाइएअनुसार सुरक्षाकर्मीहरूले चार संदिग्ध व्यक्तिहरूबाट पाँचवटा ह्यान्डगन र दुईवटा गाडीहरू पनि बरामद गरेका छन्। सुरक्षा बलले ती समूहलाई गिरफ्तार गर्दा कुनै हतियार भने चलाएको थिएन । यो अपरेशन शहरमा उच्च स्तरको सुरक्षा सुनिश्चितताका निम्ति अपनाइएको महत्त्वपूर्ण कदम हो ।– रासस/सिन्ह्वा


 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार