जि २०  को सम्मेलन सम्पन्न, कोभिडबाट उत्पन्न समस्याको समाधानमा सामूहिक रुपमा लाग्ने प्रतिबद्धता

सोमबार, कात्तिक १५, २०७८

 रोम । विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए । 
यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए । उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन् । उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् । हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन् ।

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक–उपभोक्ता समन्वयमा सहमत : म्याक्रोन

जी २० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । आइतबार जी २० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।  ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिँदै भने,  जी २० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन् । त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भनेका छन्, ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ ।– एएनआई/स्पुतनिक

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार