भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

सोमबार, कात्तिक १५, २०७८

नयाँ दिल्ली । भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई) का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । उनी भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गरेका थिए । उनलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो ।  त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनी सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गरेका थिए । उनी अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक हुन् । मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ । उहाँ पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गरेका थिए । उनी यसअघि इजरायलका लागि राजदूत थिए भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गरेका थिए । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार