जापानमा सत्तारुढ दल एलडीपीलाई प्रष्ट बहुमत 

सोमबार, कात्तिक १५, २०७८

टोकियो : जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन । 

एक महिनाअघि मात्र फुमिको किशिदा एलडीपीको तर्फबाट गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बन्नुअघि ६४ बर्षीय किशिदा एलडीपीको नेता चुनिएका थिए । 

एलडीपीले जापानको राजनीतिमा दशकौंदेखि आफ्नो प्रभाव जमाउदै आएको छ । तर, महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै पार्टीको सर्वत्र आलोचना भएको थियो । 

यसअघि एक बर्ष प्रधानमन्त्री बनेपछि योशिहिदे सुगाले सेप्टम्बरमा पदबाट राजीनामा दिएका थिए । 

महामारीबीच सरकारले टोकियो ओलम्पिक आयोजना गरेको भन्दै सुगा नेतृत्वको सरकारको कडा आलोचना भएको थियो । प्रधानमन्त्री बन्नुअघि सन् २०१२ देखि सन् २०१७ सम्म उनी विदेशमन्त्री थिए । तर, प्रधानमन्त्री हुँदा प्रभावकारी काम नगरेको भन्दै उनको पार्टीले नै सुगाको राजीनामा मागेको थियो । 

एलडीपीले बहुमत नल्याउने निर्वाचनपछिका मत सर्वेक्षणले देखाएका थिए । सरकार बनाउन कुनै पनि पार्टीलाई २३३ सिट आवश्यक पर्छ । गठबन्धनको साझेदार पार्टी कोमिटोले ३२ सिट ल्याएको छ । जापानको संसदलाई नेसनल डायट भनिन्छ ।- एजेन्सी

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार