नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे

सोमबार, कात्तिक १५, २०७८

अछाम : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । 

समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार