सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको सङ्ख्या ९० लाख नाघेको हो । त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । योसमेत गरी यहाँ यो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ । भारतमा शनिबार भएको सङ्क्रमितमध्ये सात हजार ४२७ जना केरला राज्यमा रहेका थिए । कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए । यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो । भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ । यो सङ्ख्या २४७ दिनपछि कै सबैभन्दा कम रहेको पनि अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४६ प्रतिशत मात्रै हो । शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये ९८.२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको परीक्षण ६० करोड ८३ लाख भन्दाबढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ ।–रासस/एएनआई