सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो । जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र उसका सहयोगी कोमेइटोको सत्तारुढ गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा संसद्को तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा सार्वजनिक सर्वेक्षणले देखाएको छ । सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनका लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसद्मा शक्तिशाली प्रतिनिधिसभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको छ । यद्यपि रिपोर्टअनुसार एलडीपीको यस पहिले प्रतिनिधिसभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका छन् । आम निर्वाचनको मतदान आइतबार साँझ सकिएको छ । स्थानीय समयअनुसार ८ बजे देशभर मतदान केन्द्र बन्द भएका छन् ।– रासस/सिन्ह्वा